Nic Ad Nic Ad
Nic Ad Nic Ad

कैलाली कारागारमा एक्कासी लडेका बन्दीको मृत्यु, कारण खोजिँदैछ

मंगलबार, असोज १, २०८१

काठमाडौं– हाडनाता करणीमा कैलाली कारागारमा बन्दी रहेका दीपक बिश्वकर्माको मृत्यु भएको छ। सोमबार दिउँसो एक्कासी लडेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दीपक दिउँसो तीन बजे लडेका थिए। शौचालयमा लडेको अवस्थामा भेटिएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

उपचारका क्रममा नै दीपकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको शव प्रादेशिक अस्पतालमा छ भने मृत्युको कारणबारे अनुसन्धान थालिएको छ।

दीपकका आफन्तका अनुसार दिउँसो १२ बजे मात्र भेटेर कुराकानी गर्दा त्यस्तो स्वास्थ्य समस्या बताएका थिएनन्। एक्कासी मृत्युको खबर आएपछि आफन्तले अनुसन्धान गरी कारण माग गरेका हुन्।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्