Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको राष्ट्रिय भेला आजदेखि

मंगलबार, असोज १, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ ।

भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

रास्वपाले यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्