Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको राष्ट्रिय सम्मेलन आजदेखि, महाधिवेशनको मिति तय गरिने

मंगलबार, असोज १, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ। 

राष्ट्रिय सम्मेलनको नाम दिइएको यो भेला बुधबारसम्म देशभरीबाट आएका प्रतिनिधिबीच विभिन्न एजेन्डाका निर्णयसाथ चल्नेछ। 

प्रमुखचाहिँ यो भेलाले रास्वपाको पहिलो महाधिवेशनको मिति तय गरिने बताइएको छ। 

यसबाहेक भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ। 

सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन पेश हुनेछन्। पहिलो दिन मंगलबार बुर्लाकोटीको प्रतिवेदन पेश हुनेछ।

भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ। निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक÷उपसंयोजक, प्रदेशको समिति÷विभाग, केन्द्रीय समिति÷विभाग÷आयोगहरूबाट प्रतिनिधित्व रहेको छ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्