Nic Ad Nic Ad
Nic Ad Nic Ad

सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

मंगलबार, असोज १, २०८१

काठमाडौं - सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/३० को सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौं ३१ गते सोमवार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभाको यो चौथो अधिवेशन हो भने राष्ट्रिय सभाको सोह्रौं अधिवेशन हो । दुवै सदनका चालु अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्