Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘काँग्रेसले देखाएका प्रमाणहरू फेल भए र म सहकारी ठगीमा निर्दोष भएँ’ 

मंगलबार, असोज १, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको र विषय अब गोर्खा मिडियातिर जाने बताएका छन्। 

काठमाडौँमा आजबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसतर्फ लक्षित गर्दै उनीहरूले देखाएका प्रमाणहरू फेल भएको र आफू सहकारी ठगीमा निर्दोष देखिएको बताएका हुन्।

उनले भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ। गोरखा मिडियातिर जान्छ अब। सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग। सहकारी ठग भन्ने कुरा त लगभग सकियो। प्रमाण कस्तो हुन्छ भन्ने कुरा त आफ्नै केन्द्रीय नेताहरू बसेको भएर थाहा भइहाल्यो होला नि। कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि। म कसैको कटाक्ष गर्न आएको होइन। तर छुस्स त दिनुपर्‍यो नि। मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई।’

सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन आग्रह गरे। उनले रास्वपा नसकिएको भन्दै अरूलाई रास्वपाले सक्काउने चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुहोस्