Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनमोलले छाडेको टिप्दा पललाई धोका, पूजा शर्माका नौटङ्की भनिसाध्य छैन!

प्रहरी लगाएर उठाइएको थियो अभिनेतालाई दिएको १० लाख 
मंगलबार, असोज १, २०८१

काठमाडौं– अभिनेता पल शाहको दाह्रीको आलोचनाले रावायण नामको फिल्म ट्रोल बनिरहेको छ। 

यसबाहेक फिल्मका केही डाइलग पनि हाँस्यास्पद हिसाबले टिप्पणी हुने गरेका छन्। 

अभिनेत्री पूर्जा शर्माको ‘तन मन धनले सुहागरात मनाउँछु’ होस् या प्रियंका कार्कीको ‘कान्छा मैने तुम्से प्यार नहि किया, इश्क किया है।’

यसले फिल्को संवाद कति कमजोर छ मात्र होइन, अभिनय पनि हचुवाको नै छ भन्ने हेक्का राख्न सकिन्छ। 

जे होस् फिल्म अहिले विभिन्न सिनेमा घरमा थोरबहुत शो पाउन भने सफल छ। 

रावायण प्रतिक्षित थियो तर अपेक्षाकृत थिएन। किनभने यसको शुभ मुहुर्तअघि नै दाँतमा ढुङ्गा लाग्ने किस्सा र कहानी चलिसकेका थिए। 
यस फिल्मको निर्मात्री अभिनेत्री पूजा शर्मा रहेकी छन्, निर्देशक सुदर्शन थापा। 

थापाले यस फिल्मका निम्ति अभिनेता अनमोल केसी रोजेका थिए। फिल्मको ‘टोकन मनी’ लिएको तर फिल्म नखेलेको भनी आफूले चिनेका प्रहरीको प्रयोगमा थापाले केसीलाई पक्राउ गर्न लगाएका थिए। 

यो किस्सा गत बर्षको असोज ११–१२ गतेको हो। 

आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ गराइएका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको थियो।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए। 
उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। 

पछि अनमोलले रकम फिर्ता गरेपछि रिहा गरियो। तर निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले विविध विषय उल्लेख गरेकी थिइन्। 

यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको र धोकाधडी भएको भन्ने आरोप र विवाद सतहमा आएको थियो। 

यो प्रकरणले बिट मार्ने स्थिति आएपछि फिल्ममा भित्रिए, पल शाह। कारागारमा बसेर निस्किएपछि पलको करिअरका निम्ति फिल्मको लोकप्रियता अनिवार्य हुने थियो। हिरो र भिलेनको डबल रोल देखेपछि साइन गरे पनि यो फिल्म अनमोलले किन छाडेछन् भन्ने विषयमा हेक्का राख्न सकेनन्, पलले। 
अनमोलले भनेका थिए,‘स्क्रिप्ट मन नपरेपछि फिल्न नखेलेको हुँ।’ यहि विषयलाई हेक्का राखेको भए आज फिल्म मात्र ट्रोल हुने थियो होला, पल जोगिन सक्थे।

अब यस फिल्मकी निर्मात्री एवम् अभिनेत्री समेत रहेका पूजा शर्मा पहिलो त समिक्षा अधिकारीको विषयमा बोलेर विवादमा आइन्। पल र समिक्षाको मुद्दा मामिलाका विषयमा बोलेर विवादमा आउँदा फिल्म चल्छ भन्ने भ्रम पूजामा रहेको टिप्पणी फिल्मका पण्डितहरूले गरेका छन्। 

तर, यस्ता हर्कत र नौटङ्की गर्न सामान्य ज्ञानमा कमी भएकी अभिनेत्रीलाई अचाक्ली आउने विगत पनि कम छैनन्। नेपालमा कति प्रदेश र जिल्ला छन् भन्ने विषयमा नै ट्रोल बनेकी पूजा शर्मा  रोनाधोना र कन्ट्रोभर्सी गर्छिन् भन्ने स्थापित नै छ। 

‘म यस्तो गीत गाउँछु २’ को बेला पूजा रोएकी थिइन्। मिहेनत गरेर संघर्ष गरेर फिल्म ल्यायो तर ...।’ भन्दै नाटकीय शैलीमा रोएको उनको भिडिओ अहिले पनि भेट्न सकिन्छ। 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्