Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसरी आम्दानी र खर्च गर्छ रास्वपा, पार्टीको खातामा ५ करोड बढीको कारोबार

मंगलबार, असोज १, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आम्दानी गत वर्षभन्दा घटेको छ।

मंगलबारबाट सुरू भएको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा प्रस्तुत गरिएको आयव्यव विरणमा गत वर्षभन्दा आम्दानी घटेको देखाइएको हो।

रास्वपाको आर्थिक वर्ष २०८१/०८२ मा रास्वपाको ३ करोड ४० हजार ३१ हजार ६३४ रुपैयाँ आम्दानी भएको देखाइएको छ।

जसमध्ये १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ सदस्यता शुल्कबाट आम्दानी भएको छ। चन्दा तथा सहयोगबाट १ करोड ११ लाख ३४ हजार ९०९ रुपैयाँ आम्दानी भएको छ। सांसद, राजकीय पदहरूको नियुक्तिबाट पार्टीलाई ७७ लाख १८ हजार ३३३ रुपैयाँ आम्दानी भएको छ।

ब्याजबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७००  आम्दानी भएको देखाइएको छ।

यस वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा २ करोड ७२ लाख १२ हजार ९३९ रुपैयाँले घटेको देखाइएको छ। यद्यपि यस वर्षको  आयव्ययको लेखापरीक्षण भने हुन बाँकी रहेको रास्वपाले जनाएको छ।

अघिल्लो वर्ष सदस्यता शुल्कबाट ३ करोड ७० लाख ७६ हजार ८८६ रुपैयाँ आम्दानी भएको छ। चन्दाबाट १ करोड ८३ लाख ६ हजार ८३५ रुपैयाँ र लेभीबाट ५८ लाख ०१ हजार ८६२ रुपैयाँ खर्च भएको देखिन्छ। अघिल्लो वर्ष प्रकाशन बिक्रीबाट ५८ हजार ९९० गरी ६ करोड १२ लाख ४४ हजार ५७३ रुपैयाँ आम्दानी भएको देखाइएको छ।

आर्थिक वर्ष २०७८÷०७९ मा रास्वपाको ४ लाख १० हजार १० रुपैयाँ आम्दानी भएको देखिएको छ।

बढी खर्च कार्यालय सञ्चालनमा

यस वर्ष ५ करोड ६४  लाख ८१ हजार ७२३ रुपैयाँ खर्च भएको देखाइएको छ। जसमा कार्य सञ्चालनको हिस्सा बढी छ। कार्यालय सञ्चालनमा ३ करोड ४२ लाख ३९ हजार ८१९ रुपैयाँ खर्च भएको देखाइएको छ। जुन ६०.६२ प्रतिशत हुन आउँछ।

पुँजीगत खर्च २ करोड ७ लाख ५१ हजार १०२, निर्वाचन खर्च १४ लाख ९० हजार ८०१ रुपैयाँ खर्च भएको छ।

अघिल्लो वर्ष पनि कार्यालय सञ्चालनमै ज्यादा खर्च भएको थियो। जसमा ३ करोड ५ लाख ५३ हजार ३०१ रुपैयाँ खर्च भएको थियो।

पुँजीगत खर्च १ करोड ५४ लाख ८२ हजार ५५०, निर्वाचनमा १५ लाख ७७ हजार ७८४ र प्रशिक्षणमा ३७ लाख ९ हजार ७६४ रुपैयाँ गरी ५ करोड १३ लाख २३ हजार ३९९ रुपैयाँ खर्च भएको देखाइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्