Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजेन्द्र महतोले गरे पार्टी घोषणा

मंगलबार, असोज १, २०८१

काठमाडौँ- राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ ।

लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्