Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा

मंगलबार, असोज १, २०८१

काठमाडौँ-सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेका दुई/दुई जना नेता सम्मिलित कार्यदलले तीन-चार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन् ।एक कार्यदल सदस्यका अनुसार बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको छ । कार्यदल सदस्यहरूका अनुसार न्यूनतम साझा कार्यक्रम बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खाने गरी तयार गरिएको छ । कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्