नेपाल इन्जिनियर्स एशोशिएशन नेतृत्वमा एमालेको पत्तासाफ, केन्द्रदेखि प्रदेशसम्म कांग्रेस र माओवादी
काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएशनमा हालै सम्पन्न भएका केन्द्रदेखि प्रदेशसम्मको नेतृत्वमा नेकपा एमालेनिकट संगठन पत्ता साफ भएको छ।
सत्तारुढ नेपाली कांग्रेस निकट इन्जिनियर्स एशोशिएन अर्थात् सिडेनले केन्द्रदेखि प्रदेशमा बर्चश्व राख्दा माओवादीनिकट नियोनले एउटा प्रदेशमा जित निकालेको छ।
केन्द्रमा सिडेनका तर्फबाट सुवासचन्द्र बराल सभापतिमा निर्वाचित भएका छन्।
यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिममा पनि सिडेन आवद्धले नै सभापतिमा जित निकालेका छन्। क्रमशः गंगाराम शाह, बलराम पुडासैनी, सन्तोष जीसी, महेश्वर लम्साल, किशोर बसी र नविनराज जोशीले प्रदेश सभापतिमा जित निकालेका हुन्।
मधेस प्रदेशमा भने माओवादी निकट नियोनका तर्फबाट गौरी पण्डित सभापतिमा निर्वाचित भएका हुन्। यी मध्य कर्णालीका जीसी भने सर्वसम्मत निर्वाचित भएका थिए।
केन्द्रीय सत्ता साझेदारी एमालेसँग भए पनि इन्जिनियर्स एशोसिएशनमा भने कांग्रेस हावी भयो। माओवादीले पनि उपस्थिति राख्दा बलियो संगठनात्मक संरचना रहेको एमाले पछारिएको थियो।
केन्द्रीय सदस्यमा पनि एमाले कमजोर रहेको छ। जनमत पार्टीमा आस्था राख्नेले जित निकाल्दा एमाले समर्थित संगठन भने फितलो बन्न पुग्यो।