Nic Ad Nic Ad
Nic Ad Nic Ad

अहिलेको सरकारले विगतका सरकारले भन्दा राम्रो काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

मंगलबार, असोज १, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १०औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ । उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए ।‘जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’ उनले भने । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिए । उनले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको समेत दाबी गरे ।

उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको बताए ।सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसद्का दुई ठूला दल काँग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको सिंहले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्