Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु साहले भने- माग सम्बोधन गर्नुको साटो सरकारले उल्टै तर्साउन खोज्यो

मंगलबार, असोज १, २०८१

काठमाडौँ- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको आरोप लगाएका छन् ।

आजपा अध्यक्ष साहले आफ्नो फेसबुक पेजमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका हुन् । सरकार आफैले बनाएको विद्यार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी विद्यार्थीको भविष्य बरबाद गरिरहेको आरोप साहको रहेको छ ।ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले अगाडि लेखेका छन्, ‘पहाडी जिल्लाहरूमा १८ विद्यार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी वितरण गरेको ओली सरकारले मधेसमा १०० विद्यार्थीको अनुपातमा १ शिक्षकको व्यवस्था गरेको छ । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म विद्यार्थी कोचेर पठनपाठन गर्न बाध्य छन् ।’

विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत आम विद्यार्थी मोर्चाको माग सम्बोधन गर्नुको साटो प्रधानमन्त्री ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने हर्कत गरिरहेको साहले जनाएका छन् । ओली सरकारले राणाकालीन शैलीमा तर्साउने र साम्प्रदायिक गतिविधि नसच्याए बाङ्लादेश जस्तै उनको सरकार ढाल्न विद्यार्थीहरू सडकमा आउने र त्यसलाई सरकारले रोक्न नसक्ने उनले जनाएका छन्

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्