Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद्को हिउँदे अधिवेशनबाट विभिन्न ऐनहरू संशोधन हुनेछन् : मन्त्री पाण्डे

मंगलबार, असोज १, २०८१

काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन् । 

नेपाल पर्वतारोहण सङ्घको ३४ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशनबाट विभिन्न ऐनहरुलाई अघि बढाउने बताएका हुन् ।

पर्यटन, संस्कृति, हवाई उड्यन, लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेको उनले जानकारी दिए। त्यस्तै उनले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा परिमार्जनका लागि सुझाव दिन आग्रह गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको अवस्थामा तत्परताका साथ लाग्ने धारणा राखे ।

मन्त्री पाण्डेले मुलुकको दुई पार्टीको सिन्डीकेट नभइ मुलुक बनाउनका लागि सबै दलहरूलाई जोड्दै अघि बढ्न चाहेको उल्लेख गरे । उनले अनिलको सरकार ८४ सम्म चल्ने र मुलकको समृद्धि र विकासका लागि काम गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्