Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी प्राध्यापकको नाममा भक्तपुरमा पुस्तकालय कक्ष स्थापना

मंगलबार, असोज १, २०८१

काठमाडौँ- लिच्छविकालिन नेपाली इतिहासको सोध अनुसन्धानमा सक्रिय अमेरिकी प्राध्यापक टेड रिकार्डीले संकलन गरेका ५ हजारभन्दा बढी पुस्तकलाई सर्वसाधारणले अध्ययन गर्न पाउने भएका छन् ।

भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा टेडकै नाममा पुस्तकालय कक्ष स्थापना गरिएको छ । ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रिडिङ रुम’को मंगलबार नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले उद्घाटन गरे ।४ वर्षअघि निधन भएका रिकार्डीले संकलन गरेका विभिन्न भाषाका ती पुस्तक अमेरिकाको न्युयोर्क, न्यू मेक्सिको र नेपालका केही पुस्तक भण्डारमा राखिएका थिए । नेपाली र संस्कृतसहित जर्मन, फ्रेन्च, इटालियन भाषामा लेखिएका ती पुस्तकलाई अहिले टेडकी श्रीमती एलेन कुन र सम्पदाविद् रवीन्द्र पुरीको पहलमा पुस्तकालयमा राखिएको छ ।

पुस्तकालय कक्षको उद्घाटन गर्दै राजदूत थम्पसनले नेपालको ऐतिहासिक र गौरवमय इतिहास र संस्कृति बुझ्न प्राध्यापक रिकार्डीका पुस्तक महत्त्वपूर्ण स्रोत हुने बताए । उनले यी पुस्तकबाट लाभ लिन समेत आग्रह गरे । राजदूत थम्पसनसहित उक्त अवसरमा अन्य अतिथिले पुस्तकालय कक्ष र एकेडेमीको अवलोकन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्