Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्द्रजात्रामा पक्राउ परेका बालेन समर्थक रिहा

मंगलबार, असोज १, २०८१

काठमाडौं - काठमाडौंको वसन्तपुरबाट पक्राउ परेका बालेन समर्थकहरू रिहा भएका छन् ।

मंगलबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको तस्वीर अंकित टिसर्ट लगाएर इन्द्रजात्रामा पुगेका उनीहरूलाई असुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका १४ जना युवायुवतीलाई साँझ ५ बजेपछि प्रहरीले रिहा गरेको हो ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्