Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज दुई संसदीय समितिको बैठक बस्दै

बुधबार, असोज २, २०८१

काठमाडौँ - दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे अर्थ समितिको बस्दै छ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । 

यस्तै, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । 

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्