‘मिस्टर काठमाडौं’का विजेता राईको मृत्यु
काठमाडौं- शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौं’ का विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।
आज (बुधबार) बिहान ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
फोनिक्स फिट्शालाका राईले केहीदिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।
मोरङ पथरीशनिश्चरे १ का उनी टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १२:४९
प्रतिक्रिया दिनुहोस्