तीन किलो चरेससहित भारतीय नागरिक पक्राउ
काठमाडौँ- प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो ।विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो ।
पक्राउ परेका गिरीविरुद्ध लागु औषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १३:४१
प्रतिक्रिया दिनुहोस्