सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्रीलाई बुझाइँदै
काठमाडौँ- सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मस्यौदा बुझाउने तयारी गरिरहेको सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।
मस्यौदा बुझाउने समय भने केहीबेरमा तय हुने ज्ञवालीले बताए ।गठबन्धनको शीर्ष नेताको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली काँग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।
असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले समर्थन गरे पनि सरकारमा गएका छैनन् ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १४:१३
प्रतिक्रिया दिनुहोस्