Nic Ad Nic Ad
Nic Ad Nic Ad

१ लाख ४० हजार पुगे रास्वपाका पार्टी सदस्य

बुधबार, असोज २, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको २६ महिनामा पार्टी सदस्य एक लाख ४० हजार पुगेको जनाएको छ ।

मंगलबार सुरु भएको राष्ट्रिय भेलामा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णालीमा सदस्य संख्या रहेको उल्लेख छ ।रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन् ।

रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् ।

पालिका अनुसार कोशीका १३६ पालिकामध्ये ६९, मधेसका १३६ मा ४६ पालिका, बागमतीमा ११९ पालिकामा ९३ मा, गण्डकीका ८५ पालिकामा ४२, लुम्बिनीका १०९ पालिकामध्ये ७६ र सुदूरपश्चिममा ८८ मा ५२ पालिकामा संगठन बनेको प्रतिवेदनमा लेखिएको छ ।

बुर्लाकोटीले २०८२ वैशाखमा प्रथम महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । यस वर्षको चैतमा जिल्लासँगै त्यस मातहतमा रहेका संरचनामा अधिवेशन गर्ने र अर्को वर्षको पहिलो महिना ९वैशाखमा० प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बुर्लाकोटीले प्रस्ताव गरेका छन् ।

हिजोदेखि सुरु भएको राष्ट्रिय भेला बुधबार सकिँदै छ । भेलाले राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्