Nic Ad Nic Ad
Nic Ad Nic Ad

यौनदेखि भ्रष्ट आचरणमा एमाले उदासिन हुँदा प्रवृत्ति मौलाएको औपचारिक कार्ययोजनामा उल्लेख

बुधबार, असोज २, २०८१

काठमाडौं– नेकपा एमालेले तयार पारेको बार्षिक कार्ययोजनामा नेता तथा कार्यकर्ताका यौन आचरणमा पार्टी उदासिन बन्दा प्रवृत्ति मौलाएको उल्लेख गरिएको छ। 

यसैगरी भ्रष्टाचारलगायतका विषयमा पनि पार्टी उदासिन बनेको समिक्षासहित कार्ययोजनामा ब्याख्या गरिएको छ। 

सचिवालय बैठकमा छलफल भएको विषयलाई समेट्दै महासचिव शंकर पोखरेलले कार्ययोजना जारी गरेका छन्।

त्यहाँ भनिएको छ,‘आफूलाई अरूभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखापरेको उल्लेख छ।’

यसबीचमा एमालेका कतिपय नेता कार्यकर्ताको यौन आचरणका विषयमा प्रश्न उठेको थियो। यस्ता बिषयका उजुरी अध्यक्ष केपी शर्माओलीसहित सचिवालयसम्म पनि पुगेका थिए।  

एमालेको कार्ययोजनामा भनिएको छ,‘हामीलाई बुर्जुवा कार्यशैली वा जीवनशैली अपनाउने छुट छैन। हाम्रो कार्यशैली र जीवनशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ। हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमाअनुकूल हुनुपर्छ।’

यस विषयमा एमाले अध्यक्ष ओलीले पोलिटब्युरो र सचिवालय बैठकमा पनि प्रश्न उठाउँदै कडा चेतावनी दिएका थिए। 

कार्ययोजनामा थप भनिएको छ,‘जनताले उचित नठान्ने काम कारबाहीबाट हामीहरू जोगिनुपर्छ। तर, पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखापर्न थालेका छन्। प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप समेत देखापर्न थालेका छन्। आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किँदै छन्।’

यसबीचमा पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य ऐन महरलगायतका आचरणका विषय सतहमा आएका थिए। यहाँसम्मकी त्यस विषयलाई अदालती हिसाबमा किनारा लगाए पनि आरोपमुक्त स्थिति हुन सकेको थिएन। उजुरी अहिले पनि सचिवालयमा मौखिक र लिखित रुपमा रहेको एमाले स्रोतले जनाएको छ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्