Nic Ad Nic Ad
Nic Ad Nic Ad

नि:शुल्क शिक्षा नीति कार्यान्वयन होस्, लगानी पनि बढोस् : नेता महर

बुधबार, असोज २, २०८१

काठमाडौं– संविधान र ऐनमा व्यवस्था भएको अनिवार्य र नि:शुल्क शिक्षा नीति कार्यान्वयन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बानेश्वरमा सरोकारवालाबीचको छलफलमा महरले संविधान र ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने धारणा राखे। उनले सदनमा थन्किएर बसेको शिक्षा विधेयक पारित हुन नसक्नु दुर्भाग्य भएको बताए ।

‘संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने उल्लेख छ। यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने खाका बनाइनुपर्छ। को-कोसँग छलफल गर्नुपर्ने हो सरकारले त्यो पनि गर्नुपर्छ,’ उनले भने, ‘उपधारा (३) मा अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने हक हुने र उपधारा ४ मा दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी साङ्केतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा पाउने हक हुने व्यवस्था छ। संवैधानिक व्यवस्था कार्यान्वयन गर्न २०७५ सालमा संघीय संसद्ले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनाएको छ। यसको चाँडो कार्यान्वयन होस्।’

उक्त ऐनको दफा २ (क) मा अनिवार्य शिक्षा बाध्यकारी भएको उल्लेख रहेको उनले स्मरण गरे।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्