भोलिदेखि धरहरा खुल्ने, हाललाई प्रवेश निःशुल्क
काठमाडौं- भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।
पुनर्निर्माण भएको धरहरा भोलिदेखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १६:५६
प्रतिक्रिया दिनुहोस्