Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब ग्यालेक्सी टिभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्छन् : रवि लामिछाने

बुधबार, असोज २, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता पुष्टि गर्न नसकेपछि अहिले गोरखा मिडियामा जोडेको टिप्पणी गरेका छन् ।

पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अझै आफूविरुद्ध भ्रम छर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘छानबिन समितिले भनिसक्यो रवि लामिछानेले सहकारीबाट एक रुपैयाँ पनि लिएको छैन भनेर । अझै केही भ्रम छर्न खोज्दै छन् । एउटा कर्मचारीको रूपमा संस्थामा आएको पैसाको चेक काटेर कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ ।’


कार्यकारी अध्यक्षले संस्थाको खातामा ल्याएको पैसाको स्रोत कुन कर्मचारीले खोज्न सक्छ भन्दै लामिछानेले प्रश्न गरे । उनले थपे, ‘कहिले त्यो प्रमाण मसँग छ भन्ने, कहिले गृहमन्त्रीसँग छ भन्ने । कहिले सहकारी अपचलन भन्ने अहिले गोर्खा मिडिया भन्ने कुरा फेर्दा फेर्दा एक दिन उनीहरू ग्यालेक्सी टिभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्ने निष्कर्षमा पुग्न सक्ने छन् ।’

प्रतिक्रिया दिनुहोस्