Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप लिग २ : रोहितको कप्तानी परीक्षा ,ओमनविरुद्ध नदोहोराउन् अघिल्लो गल्ती

बुधबार, असोज २, २०८१

अशोक सापकोटा ,काठमाडौ - आइसिसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

नेपालका लागि ओमन चिरप्रतिद्वन्द्वी टोलि हो । एक दिवसीय खेलमा पछिल्लो केही समययता नेपालभन्दा ओमान केही बलियो देखिएको छ । एक दिवसीय  अन्तरास्ट्रियमा हालसम्म नेपाल र ओमन विच कुल ७ खेल भएका छन् । जसमा ४ खेलमा नेपाल विजयी भएको छ भने बाकी तिन खेलमा नेपालले सफलता हात पारेको छ ।

पछिल्लो पटक यी दुई टोली सन् २०२३ को २१ तारिखमा भिडेका थिए । खेल एसिया कप क्वालिफायर अन्तरगतको थियो ,सो खेलमा नेपाल ओमन विरुद्ध ८४ रनले विजयी भएको थियो । यो त्यही खेल थियो जहाँ नेपालका स्टार ब्याट्सम्यान कुशल मल्लले पहिलो एक दिवसीय शतक प्रहार गरेका थिए । उनले केवल ६४ बलमा १० छक्का र नौ चौकाको मद्दतले १०८ रन बनाएका थिए । यो बाहेक अलराउन्डर सोमपाल कामिले पनि अर्धशतकीय पारी खेल्दै ४८ बलमा ६३ रन बनाएका थिए । बलिङमा भने सन्दीप लामिछाने र करण केसीले तिन तिन विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमन भने पुरा ओभर पनि खेल्न नसक्दै ४६.३ ओभरमा अलआउट भएको थियो । ओमानले सो खेलमा २२६ रन मात्र बनाएको थियो ।

यसरी पहिलो खेलमा बिर्सन लायक हार व्यहोरेको नेपालका लागि ओमानविरुद्धको जित एकदमै महत्त्वपूर्ण रहेको छ । क्यानडा भ्रमणमा रहेको टिम नेपालको यो दोस्रो खेल हो भने पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल भने ४०.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै केवल १५० रन मात्र बनाउन सफल रह्यो ।

क्यानडा विरुद्धको खेलमा नेपालको दुवै पक्ष कमजोर देखिएको थियो । ब्याटिङ त झनै निराशाजनक देखिएको थियो । नेपालले ५० रन कटाउँदा आफ्ना दुई प्रमुख विकेट गुमाइसकेको थियो ।

एक हिसाबले भनौँ नेपालको ब्याडिमा रमिता नै देखियो जब नेपालले २५ ओभर सकिँदा ७ विकेट गुमाएर केवल ८० रन मात्र बनाउन सफल रह्यो । धन्न तल्लो क्रमका ब्याट्सम्यान करण सन्दीप र गुलशनले स्कोर लाई जसोतसो १५० रन पुर्‍याए । दसौँ नम्बरमा आएका करण केसी नेपालका लागि सर्वाधिक रनकर्ता बने ।

ओपनर कुशल भुर्तेल १ रनमै आउट हुँदा नेपालको खराब सुरुवात त्यहीबाट सुरु भएको थियो । १० बल खेलेका उनलाई क्यानडाका हेलिगरले एलबिडब्लूको धरापमा पारे । र नेपालको पहिलो विकेटको पतन भयो ।

अर्का ओपनर आसिफ शेखले २० रन बनाए भने भीम सार्की पनि १८ रनमा पेभेलियन फर्किए , कप्तान रोहित पौडेल ५ रनमा आउट हुँदा , कुशल मल्ल १२ रन बनाए।

खैर मल्लको त के कुरा गर्नु उनले १२ रन बनाउन पुरा ४१ बलको सामना गरे । कुशल एक्लैले ७ ओभर खेलेर १२ रन बनाउँदा पनि नेपालले ४० ओभर भन्दा धेरै खेल्न सकेन ।

त्यसपछि नेपालका टाइगर  दीपेन्द्रसिंह ऐरी ८ रन र सोमपाल कामी ६ रनमा आउट भएर पभेलियन फर्किए । १५० रनमा पनि १६ रन त नेपालले अतिरिक्त रन स्वरुप पाएको थियो ।

नेपालका ५ जना ब्याट्सम्यानले त १० रन पनि कटाउन सकेनन् । नेपाली ब्याट्सम्यानहरुले एक दिवसीय  क्रिकेटमा अपनाउनु पर्ने संयमता अपनाउन नसक्दा नेपालले लाजलाग्दो प्रदर्शन गर्न पुगेको थियो ।

हाल चलिरहेको एक दिवसीय  शृङ्खला भन्दा अगाडि नेपालले ७ महिना पहिले मात्र एक दिवसीय  खेल खेलेको थियो , जुन लिग २ कै पहिलो शृङ्खला रहेको थियो ।

एक दिवसीय  क्रिकेटहरू लगातारको अन्तरालमा नहुनु पनि यसको पछाडिको प्रमुख कारण हुन सक्छ । नेपाली टोलीले विगत १ वर्षमा निकै कम एक दिवसीय खेलहरू खेलेको छ । घरेलु क्रिकेटिङ् क्यालेन्डरमा पनि एक दिवसीय  खेलहरू भनेका त्यही लिग टु का खेलहरू हुन्  । एक दिवसीय  खेलको एक्सपोजरको कमिले पनि नेपालको एक दिवसीय  प्रतियोगिताहरुको नतिजा राम्रो छैन ।

यो बाहेक हिजोको खेलको पराजय पछाडि धेरैले रोहित कुमार पौडेलको कप्तानीलाई दोषारोपण गरिरहेका छन् । समर्थकहरूले सामाजिक सञ्जालमा रोहित कुमार  पौडेलको बलिङ चेन्जको चर्को आलोचना गरिरहेका छन् । मुख्य बलरको ओभर बाकि हुँदाहुँदै पार्ट टाइमर लाइ देथ ओभर गराएको भन्दै रोहितको आलोचना भइरहेको छ । तीव्र गतिका बलरद्य करण र सोमपालको ६ ओभर बाकि हुँदाहुँदै पार्ट टाइमर लाइ ल्याएको भन्दै कप्तानको खराब रणनीतिको चौतर्फी आलोचना भइरहेको छ । विशेषगरि ओभरको ४६औ र ४७औ ओभरमा दिपेन्द्र र कप्तान स्वयंले बलिङ गर्दा नेपालले ३६ रन खर्चिएको थियो ।

आज हुने ओमान विरुद्धको खेल नेपालले खेल्ने लिग टु को छैटौँ खेल हुनेछ ।

विश्वकप लिग २ मा ८ खेल खेलेको नेदरल्याण्डस् १२ अङ्कसहित शीर्ष स्थानमा छ । हिजोको जितसङै दस अङ्क बनाएको क्यानडा भने दोस्रो स्थानमा उक्लिएको छ। ७ खेल खेलेको स्कटल्यान्ड ४ मा जीत र २ मा हारसहित ९ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

समान खेल र समान नतिजासहित नामिबिया चौथो स्थानमा छ ।

४ अङ्कको अमेरिका पाँचौँ स्थानमा छ । ३ अङ्कको ओमान छैटौँ तथा २ अङ्कको नेपाल सातौँ स्थानमा छ । ३ खेलमा ३ वटै खेलमा हार भोगेको युएई अङ्क तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्