Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको प्रस्ताव–प्रदेशसभा खारेज तर प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री

बुधबार, असोज २, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय प्रणाली अपनाउनुपर्नेबारे पार्टीमा प्रस्ताव गरेका छन्। बुधबार रास्वपाको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले प्रदेसभा भने खारेज गनुपर्नेमा जोड दिएका छन्।

स्थानीय जनप्रतिनिधि समेत रहनेगरी प्रदेश परिषद बनाउने र त्यसैलाई नै विधायकी अधिकार दिने प्रस्ताव गरेका लामिछानेले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव गरेका छन्।

‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रधानमन्त्रीले योग्य र विषय विज्ञमन्त्री नेपाली नागरिकबाट छान्न पाउने व्यवस्था,’ राजनीतिक प्रतिवेदन पेस गर्दै उनले भने, ‘प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रनिनिधि सम्मिलित गर्दै प्रदेश परिषदलाई नै विधायकी अधिकार दिन सकिने उन्नत बिकल्पबारे छलफल सुरु गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्