सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ - मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाएको बैठक केही बेर अघि शुरु भएको हो ।
आजको बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुनुका साथै
सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् । सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेस गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १९:२३
प्रतिक्रिया दिनुहोस्