कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा
काठमाडौँ-सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ ।
बुधबार सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन, सुशासन, अर्थव्यवस्था लगायत विषय समावेश गरिएको कार्यदलको सदस्य डा। प्रकाशशरण महतले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ २०:२४
प्रतिक्रिया दिनुहोस्