Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

बुधबार, असोज २, २०८१

काठमाडौँ- सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् । सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेस गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्