Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीद्वारा नेपाली फिल्म ‘शाम्बाला’लाई बधाई

बुधबार, असोज २, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’लाई ९७ औँ ओस्कार अवार्डका लागि नेपालबाट नोमिनेसनमा परेकोमा बधाई व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुक स्ट्याटस मार्फत फिल्मलाई हेर्ने लिस्टको पहिलो नम्बरमा राखेको जानकारी गराउँदै प्रतिभाशाली निर्देशक मीन भामको कामको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, “शाम्बाला फिल्म मेरो हेर्ने लिस्टको पहिलो नम्बरमा छ। प्रतिभाशाली र धेरै रुचाइएका निर्देशक मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ ९७ औँ ओस्कार अवार्डका लागि नेपालबाट नोमिनेसनमा परेको सुनेर खुसी लाग्यो।”

बर्लिन् फिल्म फेस्टिभलमा गोल्डेन बियर अवार्डको प्रतिस्पर्धामा समेत भाग लिइसकेको यस फिल्मले नेपालको हिमाली जीवनलाई उत्कृष्ट ढङ्गले प्रतिनिधित्व गरेको विभिन्न समीक्षामा पढेको उल्लेख गर्दै उनले फिल्मको निर्माण टिम र निर्देशक भामलाई बधाई दिएका छन्।

प्रधानमन्त्रीले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन सफल निर्देशक र निर्माण टिमलाई धन्यवाद दिँदै थप सफलताको कामना समेत गरेका छन्।

शाम्बालाले नेपालको हिमाली जीवनको सांस्कृतिक र सामाजिक पक्षलाई सशक्त रूपमा प्रस्तुत गरेको र यसले विश्वभर नेपाली सिनेमा र संस्कृति प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २३:५७
प्रतिक्रिया दिनुहोस्