Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सफ्ट’ भाषामा आयो सत्ता गठबन्धनको ८ बुँदे न्युनतम साझा कार्यक्रम, संविधान संशोधन निश्चित

बिहीबार, असोज ३, २०८१

काठमाडौं– सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारका न्युनतम साझा कार्यक्रम सरल भाषामा तयार पारेका छन्। 

आठ बुँदे न्युनतम साझा कार्यक्रम बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा बुझेका थिए। 

असार १७ गते बनेको सरकारले ७ बुँदे सहमति गरेको थियो। केही समयअघि मात्र न्युनतम साझा कार्यक्रम तय गर्न समिति गठन भएको थियो। 
यो कार्यक्रमलाई नीतिगत प्रतिबद्धता भनिएको छ।

राष्ट्रिय हितको रक्षा, संविधान कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने उल्लेख छ।

जनतासँग ब्यापक परामर्श गरेर संविधान संशोधन निश्चित गरिने उल्लेख छ। 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्