यस्तो छ आज उपत्यकाको ट्राफिक अवस्था
सरकारले आज संविधान दिवसको सन्दर्भमा आयोजना गरेको कन्सर्टको लागि भन्दै दरबारमार्ग क्षेत्रमा सडक ठप्प पारिएको छ । ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ। यसरी दरबारमार्ग क्षेत्रमा सडक आवागमन बन्द गरेसँगै सपास क्षेत्रमा जाम देखिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ १०:३८
प्रतिक्रिया दिनुहोस्