Nic Ad Nic Ad
Nic Ad Nic Ad

१३५ जना रहेको आदीबासी राउटे समुदायका एक युवकको मृत्यु, १३४ मा खस्यो जनसंख्या  

बिहीबार, असोज ३, २०८१

काठमाडौं– लोपोन्मुख रहेको आदीवासी राउटे समुदायका एक युवकको मृत्यु भएको छ। १३५ जना रहेको उक्त समुदायका युवाको मृत्युसँगै जनसंख्या १३४ मा खसेको छ। 

६ महिनादेखि बिरामी रहेका २२ बर्षिय बृषबहादुर शाहीको मृत्यु भएको हो। उनी उपचार गर्न मान्दैन थिए। अवस्था जटिल हुँदै गएपछि भदौ ३१ गते प्रादेशिक अस्पताल लगिएको थियो। 

राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको बताइएको छ। उनको उपचार हुन सकेको थिएन। 

गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत लग्दा शाहीलाई क्षयरोग पुष्टि भएको थियो। 

उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन्। यसअघि २०७५ सालमा मृतकका दाजु कपिलबहादुर शाहीको पनि डढेर मृत्यु भएको थियो। 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार