नेभिगेशन
सुरक्षा–अपराध
क्राइम वाच

आशिष देउलाले ‘सुगर ड्याडी’ बन्न अमेरिकाबाट मगाएका थिए मास्क, बयानमा के छ अरु? 

काठमाडौं– अरुलाईलाई पासविक यातना दिएर मजा लिने बुढानिलकण्ठ–१ का आशिष देउलाले सुगर ड्याडी बन्न अमेरिकाबाट मुकुन्डो (मास्क) मगाएको खुलेको छ। 

बुढो मानिसको मास्क लगाएर ठमेललगायतका क्षेत्रका क्लबमा रमाइलो गर्न पुग्ने देउलाले प्रहरीसमक्ष उक्त बयान दिएका हुन्। प्रहरीले जफत गरेको मास्कका विषयमा देउलासँग सोधेको थियो। 

‘फिल्म खेल्न, भिडिओ बनाउनका लागि उक्त मास्क मैले युएसबाट मगाएको हुँ’, देउलाले प्रहरीलाई दिएको बयानमा भनेका छन्,‘यसबाट भाइरल बनिन्छ भनेर मगाएको हुँ।’

प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानका क्रममा सुगर ड्याडी बनेर क्लवमा रमाइलो गर्दा आफूलाई ‘डिस्टर्ब’ गर्ने समूहका मानिसलाई यातना दिएको पनि खुलाएको छ। 

प्रहरी अधिकारी भन्छन्,‘डिस्टर्ब गर्नेलाई, रमाइलो गर्दा चलाउनेलाई टार्गेट गर्ने गरेको पाइयो।’ 

खासगरी देउला रमाउँदा डिस्टर्ब गर्ने नशालु पदार्थमा रमाउने समूह टार्गेटमा रहेको पनि खुलेको हो। 

निर्माण क्षेत्रसँग सम्बन्धित समान देउलाको घरबाट बरामद गरेको प्रहरीले अहिलेसम्म दुई जना पीडित मात्र सम्पर्कमा आएको जानकारी दिएको छ। 

सुगर ड्याडीबाट पीडित भएका अन्यलाई पनि सम्पर्कमा आउँदा परिचय गोप्य राखिने प्रहरीले भनेको छ,‘पीडित सम्पर्कमा नआइकन उसको बयानका आधारमा मात्र अनुसन्धान गहिरोसँग सकिने या अभियोजन बलियो हुने स्थिति रहन्न।’

प्रहरीले देउलाको घरबाट ल्याएको कम्प्युटरको हार्डडाइभमा अन्य प्रमाण हुन सक्ने भनी रिकभरका लागि ल्याबमा पठाएको जानकारी दिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध