धरहरा चढ्न सर्वसाधारणको भिड
काठमाडौं- धरहरा आजबाट सर्वसाधारणका लागि खुल्ला भएको छ।
एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ। सर्वसाधारणले नवनिर्मित धरहरा निस्शुल्क रूपमा चढ्न पाउनेछन् ।
खुला गरिएपछि आज बिहानैदेखि धरहरा चढ्न सर्वसाधारणको भिड लागेको छ ।
भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आएको हो ।
अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले निस्शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ १३:३७
प्रतिक्रिया दिनुहोस्