Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला आयोजना हुँदै

बिहीबार, असोज ३, २०८१

काठमाडौँ- नेपालमा १६ एसियाली मुलुकका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला आयोजना हुँदैछ ।

शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका आधिकारिक सरकारी निकाय सहभागी हुने निक्षेप तथा कर्जा सुरक्षण कोषले जानकारी दिएको छ । ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गर्दैछ ।निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औँ वार्षिकोत्सव एवम् एसिक सम्मेलनको एकै पटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आगामी सोमबारसम्म चल्ने छ ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायले आ-आफ्नो मुलुकको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवाला बीच गहन छलफल हुने कोषका प्रमुख कार्यaकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए । यस पटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

‘आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,’ उनले भने । सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ ।सम्मेलनको छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्