Nic Ad Nic Ad
Nic Ad Nic Ad

दरबारमार्ग कन्सर्टमा पुगे प्रधानमन्त्री ओली, हुटिङ बालेनको पक्षमा

बिहीबार, असोज ३, २०८१

काठमाडौं- काठमाडौंस्थित दरबारमार्गमा बिहीबार साँझ आयोजना गरिएको 'नेसनल डे कन्सर्ट' अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पुगेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा हुटिङ भएको छ ।

प्रधानमन्त्री ओलीले स्टेजमा उक्लिएर संविधान दिवसको शुभकामना दिएका थिए । त्यसक्रममा बालेनका समर्थकहरूले 'बालेन, बालेन' भनेर हुटिङ गरेका हुन् ।

स्टेजबाटै ओलीले सहभागीहरूसँग सेल्फी पनि लिएका थिए ।

पछिल्लो समय जात्रा तथा विशेष समारोहमा बालेनका समर्थकहरूले राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरू पुगेका बेला बालेनको पक्षमा हुटिङ गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्