Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज चार संसदीय समितिको बैठक बस्दै

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ - आज विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । 

बिहान ११:३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ ।

यस्तैगरी, दिउसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार