Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको  थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्