Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं र ललितपुरमा दुईजना मृत अवस्थामा फेला

शुक्रबार, असोज ४, २०८१

काठमाडौं- काठमाडौं र ललितपुरमा दुईजना मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं, टोखा नगरपालिका-३ पञ्चेटार बस्ने ६२ वर्षीय शोबिलाल श्रेष्ठ सोही ठाउँस्थित कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै ललितपुर, गोदावरी नगरपालिका-९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँस्थित बुंग्मती कुलोको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यी घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार