नेभिगेशन
मनोरञ्जन
गसिप

समिक्षा अधिकारीको टिकटक भिडिओले ल्यायो तरङ्ग, पल शाह र पूजा शर्मा फेरि निशानामा!

काठमाडौं– गायिका समिक्षा अधिकारीको पछिल्लो टिकटक भिडिओले फेरि सामाजिक सञ्जालमा बहस चलाएको छ। 

उनले पछिल्लो पटक सार्वजनिक भएको ‘छक्का पञ्जा ५’को ब्रेकअप भन्ने गीतको अंशमा भिडिओ बनाएपछि उनका फ्यानलगायतको निशानामा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा परेका छन्।

समिक्षाको उक्त भिडिओमा मि. डी लेख्छन्,‘पूजा शर्मासँग बसेर पल शाह कुनाबाट हेरिरहेका होलान्।’

समिक्षा अधिकारीको उजुरीका आधारमा पल शाह बलात्कार अभियोगमा पूर्पक्षका लागि थुनामा परेको र बाहिर निस्किएपछि पनि उक्त प्रकरणको चर्चा ब्यापक छ। 

यहि मेसोमा समिक्षा अधिकारीको टिकटकमा अर्का शंकर आचार्य लेख्छन्,‘तिमीले दिएको सरापचाहिँ लागोस्।’

उक्त गीतको ‘कोही केटीले मन नपराओस्, मलाई अनेकथरी भन्ने मुखमा किरै परी जाओस्’ भन्ने टुक्रामा समिक्षा अधिकारीले टिकटक बनाएकी छन्। 

यहाँ क्लिक गरेर हेर्नुहोस् समिक्षाको टिकटक

पछिल्लो पटक रावायण फिल्म रिलिजका क्रममा पनि समिक्षा अधिकारीको विषयमा पल र पूजाले बोलेपछि कन्ट्रोभर्सी र गसिप चलेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन