Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी ठगी प्रकरण

पूर्वडिआईजी छविलाल जोशी भन्छन्- गोर्खा मिडियाको रकमको निर्णयकर्ता जीबी र रवि हुन्, मेरो किर्ते हस्ताक्षर गरियो (बयानपत्रसहित)

शुक्रबार, असोज ४, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणबाट खडा गरिएको गोर्खा मिडिया प्रालिका उपाध्यक्ष रहेका प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले निर्णयकर्ता जीबी राई र रवि लामिछाने भएको बताउँदै धेरै विषयमा जानकार नभएको बयान दिएका छन्। 

उनले सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिले सोधेका प्रश्नहरूमा यस्तो बयान दिएको प्रतिवेदनमा खुलाइएको छ। 

शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जोशीले भनेका छन्,‘म अमेरिका हुँदा ५ करोडभन्दा बढी रकमको निर्णय मेरो किर्ते हस्ताक्षरका आधारमा गरिएको रहेछ। यसमा आपत्ति जनाउँदै मैले जीबी र रविसँग सल्लाह गरेर गोर्खा मिडियाको सञ्चालक समिति छाडेको हुँ।’

उनले सहकारीबाट आएको रकमको जिम्मेवार जीबी राई रहेको र गोर्खा मिडियामा गरिएको रकमको कारोबार अनि अपचलनदेखि किर्ते काममा रवि लामिछानेसहितको निर्णय भएको बताएका छन्। 

उनले आफूले चिनेको रवि लामिछाने प्रतिनिधि सभा सदस्य तथा पूर्वगृहमन्त्री रहेको पनि बताएका छन्। रविसँग उनको परिचय स्टिङ अप्रेशन गर्दा आफू काठमाडौं प्रहरी प्रमुख हुँदा भएको र प्रहरी पठाएर सहयोग गरेको पनि उल्लेख गरेका छन्। 

हेर्नुहोस् छविको बयान

chhabi-1-1726822909.jpg
chhabi-2-1726822909.jpg
chhabi-3-1726822909.jpg
chhabi-4-1726822909.jpg
chhabi-5-1726822909.jpg
chhabi-6-1726822909.jpg
chhabi-7-1726822910.jpg
chhabi-8-1726822910.jpg
chhabi-9-1726822910.jpg
chhabi-10-1726822910.jpg
chhabi-11-1726822911.jpg

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्