Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिल्म ‘कल्ली’मा कलाकारत्रय थापा, तामाङ र नेपाल अनुबन्धित

शुक्रबार, असोज ४, २०८१

काठमाडौं- रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा कलाकारत्रय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । फिल्ममा तीन कलाकारको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्