सहकारी विभागले राहदानी फुकुवा गराएपछि फरार भएका रहेछन् जीबी राई
काठमाडौं - सहकारी ठगीमा फरार प्रतिवादी गितेन्द्रबाबु (जीबी) राईलाई सहकारी संयन्त्रकै सहयोगमा फरार गराइएको पाइएको छ ।
हाम्रो नयाँ कृषि सहकारीको बचत रकम अपचलनमा संलग्न भएको उजुरीका आधारमा सहकारी विभागले सहकारी अध्यक्ष राईसहित सञ्चालक समितिको राहदानी रोक्का राख्न पत्राचार गरेको थियो ।
त्यसको आठ दिनमै राहदानी फुकुवाका लागि सहकारी विभागले जीबी राईका मात्रै राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेको खुलेको छ ।
सञ्चालक समितिका सात जनाको राहदानी रोक्का राख्न २० असार २०८० मा अध्यागमन विभागमा पत्राचार गरेको थियो । तर, २८ असार २०८० मा जीबी राईको मात्रै राहदानी फुकुवा गर्न सहकारी विभागले अध्यागमन विभागलाई पत्रचार गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१ १५:३९
प्रतिक्रिया दिनुहोस्