Nic Ad Nic Ad
Nic Ad Nic Ad

नौं महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड

शुक्रबार, असोज ४, २०८१

काठमाडौं- पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ ।

यसरी बोर्डमा कार्यकारी अध्यक्ष नभएको साढे करिब नौं महिना पुगेको छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमाल गत पुसमा आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो ।

अहिले कामचलाउ अध्यक्षका रूपमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा बोर्ड सदस्य महेश बरालले नेतृत्व गरिरहेका छन् ।

बोर्डबाट हमाल गए यता प्राथमिक निष्कासन स्वीकृति भएको छैन। पूँजी सङ्कलनको प्रमुख माध्यम नै अहिले ठप्प छ। नियमित काम बाहेक बोर्डले नीतिगत र अरू कुनै पनि काम गर्न सकेको छैन।

विभिन्न कम्पनीहरूले प्रस्ताव गरेका अर्बौका साधारण सेयर, हकप्रद सेयर,विभिन्न फन्डहरु बोर्डको अनुमतिको पर्खाइमा छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्