Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधान सेनापति र भारतीय राजदूतबीच भेटघाट

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ- नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच जंगी अड्डामा भेटघाट भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा शुक्रबार सिग्देल र श्रीवास्तवबीच भेटघाट भएको हो । 

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्