Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओली दोहामा

शुक्रबार, असोज ४, २०८१

दोहा - प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क  जाने क्रममा कतारको दोहा पुगेका छन्  ।

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १.३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा  कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्