मिस्टर काठमाडौंका विजेता राईको निधनमा पथरी शनिश्चरे नगरपालिकामा आइतवार बिदा
काठमाडौ - मिस्टर काठमाडौंका विजेता प्रकाश राईको निधनमा मोरङको पथरी शनिश्चरे नगरपालिकाले आइतवार बिदा दिएको छ ।
बुधबार निधन भएका राईको सम्मानमा नगरपालिकाले बिदा दिएको हो । मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ निवासी शारीरिक सुगठन राष्ट्रव्यापी प्रतियोगिता ९५ औं मिस्टर काठमाण्डौ विजेता प्रकाश राईको यहि असोज २ गते विहान हृदयघातका कारण असामयिक निधन भएको खवरले सिङ्गो पथरी शनिश्चरे नगरपालिका स्तब्ध र मर्माहत भएको छ।
शोकको यस दुखद घडीमा मृत आत्मको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै परिवारजनमा पर्न गएको शोक प्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं।
यस दुखद घडीमा मृतक प्रकाश राईको सम्मान र सम्झनामा ०८१ असोज ६ गते आइतबार एक दिन पथरी शनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, सम्पूर्ण शैक्षिक संस्थाहरु र पथरी नगर अस्पताल बाहेकका अन्य स्वास्थ्य संस्थाहरुमा स्थानीय विदा दिने नगर प्रमूख स्तरीय निर्णय भएको हुँदा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।