धरहरा चढ्नेको चाप बढेपछि बार्दलीमा बस्ने समय घट्यो
काठमाडाैं - संविधान दिवसको अवसरमा धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएपछि हेर्न जानेको घुइँचो लागेको छ ।
संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको धरहरा चढ्नका लागि केही दिन निःशुल्क गरिएको छ । हाललाई अनलाइनमार्फत आफ्नो नाम दर्ता गरेर धरहरा हेर्ने व्यवस्था गरिएको छ ।
अनलाइनमार्फत नाम दर्ता गर्नुपर्ने व्यवस्थाले धरहरा हेर्न पुगेका सर्वसाधारण भने अल्मलिएका थिए । करिब १० मिनेट टुप्पोमा बसेर अवलोकन गर्न पाउने व्यवस्थासहित दैनिक करिब ५ सयजनालाई चढ्ने गरी व्यवस्था गरे पनि चापका कारण एक हजार जनाले दैनिक हेर्न पाउने व्यवस्था गरिएको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले २०७८ वैशाख ११ मा आधा काम पनि नसकिँदै धरहराको उद्घाटन गर्नुभएको थियो । त्यतिखेर धरहराको अधिकांश काम बाँकी थियो । अहिले पनि करिब ५ प्रतिशत काम बाँकी हुँदै खुला गरिएको हो ।