Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

शनिबार, असोज ५, २०८१

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका साइत निर्धारण गरेको छ । समितिल शनिबार  दशैँका उपलक्ष्यमा गरिने कृत्यहरूका लागि शुभसाइत निर्धारण गरेको हो ।

समितिले असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटमा नवरात्रारम्भ सुरु हुने र घटस्थापना गरी जमरा राख्ने साइत जुराएको छ । असोज २४ गते बिहीबार बिहान ७ बजेर ११ मिनेट जाँदा फूलपाती र तुलजाभवानी यात्रा आरम्भ हुने जनाएको छ ।

यो वर्षको दशैँमा महाष्टमी र महानवमी असोज २५ गते शुक्रबार अर्थात्‌ एकैदिन परेको छ । टीकाको साइत असोज २६ गते शनिबार ११ बजेर २६ मिनेटमा पर्ने समितिले जानकारी गराएको छ ।

सामान्यतयाः देवीको प्रसाद लगाउन भने साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।

IMG_20240921_065255-1726880938.jpg
 


 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्